धादिङ । धादिङबेसीका आशिक गुरुङ बागमती प्रदेशबाट सातै प्रदेश र सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेनाका खेलाडी सहभागी हुने ‘मेयर कप तेक्वान्दो प्रतियोगिताको लागि छनोट भएका छन् ।
पहिलो जावलाखेल राष्ट्रिय तेक्वान्दोमा काँस्य पदक, प्रकाश दाहाल मेमोरियल कप प्रतियोगितामा स्वर्ण पदक विजेता धादिङका आशिक गुरुङ विभागिय टिम सहित अन्तरप्रदेश स्तयीय हुने यस मेयर कप प्रतियोगिताको लागि बागमतीबाट छनोट भएका हुन् । लगनशिल र मेहनती आशिक गुरुङ तेक्वान्दो धादिङको मात्रै नभएर देश कै गहना भएको नेपाल तेक्वान्दो संघ धादिङ अध्यक्ष प्रदिप गिरी बताउँछन् ।
यही पौष १६ र १७ गते त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुने यस प्रतियोगितामा पुरुष महिला समान ८र८ गरि १६ वटा प्रतिष्पर्धा हुनेछ । त्यस्तै पुम्सेमा पुरुष महिला गरि ८ स्वर्णको लागि खेल हुने छ ।
सातै प्रदेशबाट सहभागी हुने खेलाडी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना गरि ११ वटा टिमको ३ सय ३० जना खेलाडी सहभागी हुने आयोजकले जनाएको छ । जसमा एक टिमबाट ३० जना खेलाडी सहभागीता रहने आयोजकको भनाई छ ।