
धादिङ मंसिर २० । प्रदेश खेलकुद परिषदले मंसिर मसान्त सम्म खेलाडी छनोट गरि पठाउन जिल्ला खेलकुद विकास समितिलाई पत्र पठाए सँगै जिल्ला खेलकुद विकास समितिले पनि स्थानीय तहलाई मंसिर २५ गते सम्म खेलाडी छनोट गरि जिल्ला छनोटमा पठाउन अनुरोध गरेको छ ।
विभिन्न ७ विधामा मंसिर २४ गते सम्म खेलाडी छनोट गर्ने गरि नीलकण्ठ नगरपालिकाले कार्यदल बनाएको छ । कार्यदमा सबै विधाका १/१ जना फोकलप्रशन तोकि उनीहरु मार्फत फारम भरि छनोट प्रक्रिमा सहभागि हुन नीललकण्ठले खेलाडीलाई अनुरोध समेत गरेको छ । बक्सिङमा भने नीलकण्ठले कार्यदलमा कोही राखेको छैन ।
को-को छन् कार्यदलमा
१. विष्णुलाल श्रेष्ठ, ब्याडमिन्टन
२. भिम गुरुङ कराँते
३. प्रदिप गिरी, तेक्वान्दो
४. अमृत तामाङ, तेक्वान्दो
५. विकास कोईराला, भलिबल
६. गौतम श्रेष्ठ, एथलेटिक्स
७. रवि भण्डारी, फुटबल
८. ठाकुर ढकाल, क्रिकेट
नीलकण्ठले कार्यदल नै बनाएर खेलाडी छनोट गर्न लागेको छ भने अन्य स्थानीय तहहरुले पनि इच्छुक खेलाडीहरुलाई पालिकामा आई छनोट प्रक्रियामा सहभागि हुन आग्रह गरेका छन् ।
यस्तै जिल्ला क्रिकेट संघ धादिङले पनि आज एक विज्ञप्ती जारी गर्दै धादिङका क्रिकेट खेलाडीहरुलाई आफ्रनो स्थानीय तह मार्फत टनोट भई जिल्ला छनोटमा सहभागि हुने आग्रह गरेको छ ।