धादिङका ४ जना अण्डर-१९ क्रिकेटका लागि छनोट

Avatar photo
नारायण सिलवाल
बुधबार, कार्तिक २४, २०७८

धादिङ कात्तिक २४ । धादिङ जिल्लाका ४ जना खेलाडीहरु अण्डर १९ क्रिकेट प्रतियोगिताको लागि छनोट भएका छन् । धादिङ क्रिकेट संघले मान्यता नपाई सकेको अवस्थामा अण्डर १९ क्रिकेटका प्रतियोगिता खेल्न इच्छुक भएका धादिङका खेलाडीहरु नुवाकोटबाट २ जना, काठमाडौबाट १ जना र ललितपुरबाट १ जना गरि ४ जना छनोटमा परेका हुन् ।

नुवाकोट क्रिकेट संघले आयोजना गरेको छनोट प्रतियोगितामा भाग लिन धादिङबाट १३ जना खेलाडीहरुले भाग लिएपनि दुई जना त्रिपुरासुन्दरीका अमृत थापा र गल्छीका रुपेश भुजेल छनोटमा परेका छन् भने यस अघि काठमाडौं क्रिकेट संघबाट धुनीबेसीका कुशल रुपाखेती र ललितपुर क्रिकेट संघबाट ज्वालामुखीका सचिन श्रेष्ठ छनोटमा परिसकेका थिए ।

धादिङ जिल्ला क्रिकेट संघले आयोजना गरेको जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न भएको एक साता नवित्दै धादिङका ४ जना खेलाडीहरु अन्य जिल्लाबाट छनोटमा पर्नु उपलब्धीमुलक भएको जिल्ला क्रिकेट संघ धादिङका अध्यक्ष दिपेश कडेल बताउँछन् । हामी क्यानको मान्यता पाउने गरि जिल्लामा क्रिकेटको गतिविधि गर्दै छौं यसका लागि स्थानीय तह, समाजिक संघ संस्था उद्योग व्यवसायीहरुबाट सहयोग पाउनेमा आफूहरु ढुक्क रहेको समेत कडेलले बताए ।

अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले २०२२ मा वेस्ट ईण्डिजमा अण्डर १९ पुरूष विश्व कपको छनोट खेल गर्दैछ । त्यो भन्दा पहिला यू १९ एसिया कप डिसेम्बर अन्तिम देखि हुँदैछ । त्यसको लागि नेपाल क्रिकेट संघ (क्यान) ले यू-१९ राष्ट्रिय प्रातियोगिता गर्न कोले त्यसैको लागि जिल्ला क्रिकेट संघहरुले आफ्नो जिल्लाका लागि खेलाडी छनोट गरि रहेका छन् यहि क्रममा धादिङका ४ जनाले अन्य जिल्लामाबाट खेल्न पाउने भएका हुन् । प्रतियोगितामा उच्च प्रदर्शन गर्ने खेलाडीहरु राष्ट्रिय टिममा पर्नेछन् । त्यसको लागि जिल्ला र प्रदेश छनोट हुनेछ, ७ प्रदेशका ७ टोली भिड्नेछन् ।