धादिङ कात्तिक २१ । धादिङ धुनीबेसी नगरपालिकाका कुशल रुपाखेतीलाई काठमाडौं क्रिकेट संघले अण्डर १९ क्रिकेटमा छनोट गरेको छ । यस्तै धादिङ बेनीघाट रोराङका सचिन श्रेष्ठ ललितपुर क्रिकेट संघबाट टप १८ मा छनोट भएका छन् त्यसमा पनि ४ जना घटाएर अन्तिम १४ जनाको नाम सार्वजनिक हुनेछ त्यसमा सचिन पर्छन या पर्दैनन् जतिजा सम्म कुर्नु पर्ने देखिएको छ । अण्डर १९ क्रिकेट प्रतियोगिताको लागि अधिकांश जिल्लाहरुले खेलाडी छनोट गरि सकेका छन् भने धादिङका केहि खेलाडीहरु कार्तिक २२ गते नुवाकोट क्रिकेट संघले आयोजन गरेको छनोटमा भाग लिँदैछन् ।
धादिङ क्रिकेट संघले क्यानको मान्यता पाईनसकेकोले धादिङ जिल्लामै खेलाडी छनोट गर्न नसकिएकोले इच्छुक खेलाडीहरु अन्यत्र जिल्लाको छनोट प्रतियोगितामा सहभागि भई रहेका छन् । भोली नुवाकोटमा हुने छनोटमा पनि धादिङका खेलाडीहरु सहभागि हुने धादिङ क्रिकेट संघका अध्यक्ष दिपेश कडेले बताए ।
अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले २०२२ मा वेस्ट ईण्डिजमा अण्डर १९ पुरूष विश्व कपको छनोट खेल गर्दैछ । त्यो भन्दा पहिला यू १९ एसिया कप डिसेम्बर अन्तिम देखि हुँदैछ । त्यसको लागि नेपाल क्रिकेट संघ (क्यान) ले यू१९ राष्ट्रिय प्रातियोगिता गर्न लागेको हो । जुन प्रतियोगितामा उच्च प्रदर्शन गरेका खेलाडीबाट राष्ट्रिय टिम निर्माण गरिने छ । त्यसको लागि जिल्ला र प्रदेश छनोट हुनेछ, ७ प्रदेशका ७ टोली भिड्नेछन् ।