एड्भान्सको रङ्गोली, ग्रीटिङ कार्ड र चित्रकला प्रतियोगिता सम्पन्न

Avatar photo
Lawong Bijay
मङ्लबार, कार्तिक १६, २०७८

धादिङ कात्तिक १६ । धादिङबेँसी स्थित एड्भान्स एकेडेमीमा कक्षा सातदेखि दशसम्मका विद्यार्थीहरू बीच भएको रङ्गोली प्रतियोगितामा हरियो सदन प्रथम भएको छ । त्यसैगरी नीलो सदन द्वितीय भएको छ भने रातो र पहेँलो सदनले क्रमश तृतीय र सान्त्वना स्थान हाँसिल गरेका छन् ।

त्यसैगरी कक्षा चारदेखि छसम्मका विद्यार्थीहरू बीच शुभकामना पत्र (ग्रिटिङ कार्ड) प्रतियोगितामा कक्षा छबाट नीता भट्ट प्रथम, सङ्गम लम्साल द्वितीय भएका भए । कक्षा पाँचबाट भने सक्सिला तामाङ प्रथम भएकी छिन् ।

त्यसैगरी कक्षा चारका अनमोल गुरुङ र सुशान्त काप्री क्रमश प्रथम र द्वितीय भएका छन् । कक्षा एकदेखि तीनसम्मका विद्यार्थीहरूबिच भएको तिहार विशेष चित्रकला प्रतियोगितामा भने कक्षा एकबाट अपेक्षा दुवाडी, कक्षा दुईबाट रोशन अर्याल र कक्षा तीनबाट काव्या अर्याल उत्कृष्ट भए ।