
धादिङ कार्तिक १४ । नेपाल कम्युनिस्ट पाटि एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीले भाेलि साेमबार धादिङको गल्छीमा धादिङका कार्यकर्ता भेटघाट गर्ने भएका छन् । एमाले धादिङले जनाए अनुसार, दशौ राष्ट्रिय महाधिवेशन स्थल सौराहा अवलोकन गर्न जाने क्रममा धादिङको गल्छिमा कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम राखिएको हाे ।