
धादिङ कात्तिक १४ । धादिङबेसी सदरमुकाम स्थित एड्भान्स एकडेमीमा पढ्दा भलिबलमा उत्कृष्ट प्रदर्शन गर्ने राम र लक्ष्मण ठकुरी (दाजुभाई) विद्यालय स्तरीय पढाई सकिय सँगै ब्याडमिण्टन खेल्न थाले । जिल्ला सदरमुकाममा जिल्ला स्तरीय खेलाडी सँग नियमित रुपमा खेल्ने मौका पाएसँगै यी दाजु भाई पछिल्लो समय जिल्लामा उदाउँदो ब्याडमिण्टन खेलाडीको रुपमा आफुलाई प्रस्तुत गर्न थालेका छन् ।
खेल भने पछि खेल्न जता पनि पुग्ने यी दाजुभाईको जोडी अनाथ बालबालिकालाई सहयोग गर्ने उद्धेश्यले कात्तिक १२ र १३ गते ताङ्लेकोट व्याडमिन्टन क्लव नयां गाउं पोखराले आयोजना गरेको प्रथम चार भाई खुल्ला B-LEVEL को व्याडमिन्टन प्रतियोगितामा समेत खेल्न पुगेका थिए । यस प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गर्दै धादिङबेसीका राम र लक्ष्मणको जोडी प्रथम बन्दै नगद ४० हजार ट्रफी र मेडल जित्न सफल भएका छन् ।








































