
धादिङ कार्तिक ३ । ०७२ सालमा गएको विनासकारी भुकम्पका कारण पहिरोको चपेटामा परि जिर्ण भएको उत्तरी धादिङको रुबिभ्याली गाउँपालिका अन्तरगत साबिकको लापा गाविसको कपुर गाउँ र लाप्चेत गाउँ जोड्ने झोलुङ्गे पुल अहिले सम्म मर्मत संहार हुन सकेको छैन ।
तीन तहको सरकार र विकासे संस्थाहरुको नजरमा नपरेको यस झोलुङ्गे पुल मर्मत नहुँदा यी दुई गाउँका स्थानीयबासीहरु मर्कामा परेका छन् । भाषण ठुला गर्ने नेताहरु, संघीय सांसद, प्रदेश संसदले पनि यस पुलको पुन निमार्णको लागि कुनै पहल नगरेको स्थानीयवासीहरु गुनासो गर्दछन् ।
यी दुई गाउँका जनताहरु ज्यान जोखिम मोलेर कि खोला तर्ने कि त लामो समय लगाएर अन्य बाटोबाट घुमेर आवात जवात गर्न बाहेक विकल्प छैन । घुमेर एक गाउँबाट अर्को गाउँजान पनि जङ्गलको बाटो धेरै गाह्रो हुने हुदा सकस पूर्ण जिवन यापन गर्न वाध्य रहेको स्थानीय कुमार तामाङ (सन्ध्या) ले धादिङपोष्टलाई बताए ।







































