
धादिङ कार्तिक २ । धादिङको ज्वालामुखी गाउँपालिका ७ धारापानीमा नाईन ए साईड खुल्ला पुरुष फुटबल प्रतियोगितामा जारी छ ।
सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट प्रतियोगिता सहभागिता जनाई फुटबलको क्रेज र युवा पुस्ताको आकर्षणमा परेको लगनशिल युवा क्लवले आयोजना गरेको यस प्रतियोगितामा प्रथम पुरस्कार १ लाख, द्वितिय पुरस्कार ५० हजार राखिएको आयोजकले जनाएको छ । यस प्रतियोगिताको फाईनल कार्तिक ५ गते हुने बताईएको छ ।
यसै प्रतियोगितामा सहभागि मैदी युनाइटेड फुटबल क्लबलाई नेपाली कांग्रेस ज्वालामुखी ३ का सभापति पुस्कर तामाङले २० हजार सहयोग गरेका छन् ।







































