झार्लाङमा राजेन्द्रले जिते लगातार ५ औं पटक छेलो प्रतियोगिता

Avatar photo
उपेन्द्र जम्कट्टेल
शुक्रबार, अशोज २९, २०७८

धादिङ असोज २९ । धादिङको खनियाबास गाउँपालिकामा राजेन्द्र तामाङ (गुबिन) ले लगातार पाँचौं पटक छेलो प्रतियोगिता जितेका छन् । प्रतियोगिता जिते सँगै उनलाई अबिरमालाले स्वागत गर्दै स्थानीयले खेल मैदान परिक्रमा गराएका थिए । राजेन्द्र नेकपा माओवादी केन्द्रको भातृ सगठन योङ कम्युनिस्ट लिग (वाईसिएल) धादिङको जिल्ला कमिटी सदस्य समेत हुन् ।

हिन्दुहरुको महान पर्व बिजया दशमीको पवना अवसार पारेर आयोजना गरिएको साबिकको झार्लाङ वडा स्तरिया छेलो हान्ने प्रतियोगिता उनले १६ जना प्रतिस्पर्धालाई पछि पार्दै पाचौ पटक उपाधि जितेका हुन् । छेलो हान्ने प्रतियोगिता तामाङ सामुदायमा पहिले देखि चल्दै आएको चलन थियो तर यसको सरक्षणको लागि भने अहिलेसम्म ती नै तहको सरकारले चासो नगरेको नगरेकोले स्थानीय क्लवले संस्कृति जोगाऔं अभियान भन्दै विगत केहि वर्ष देखि यस प्रतियोगिता गर्दै आएको छ ।