धुनीबेसी वाईसीएल अध्यक्षमा सन्तोष उप्रेती चयन

Avatar photo
Dhadingpost
आइतवार, अशोज १७, २०७८

धादिङ असोज १७ । माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपाल धुनीबेसी नगरपालिकाको अध्यक्षमा सन्तोष उप्रेती चयन भएका छन् ।

वाईसीएल नेपालका केन्द्रीय स(संयोजक सुबोध श्रिपालीको प्रमुख आतिथ्यतामा भएको उक्त वाईसीएल धुनीबेसी नगरपालिकाको भेलाले उप्रेती अध्यक्ष रहने गरी ४१ सदस्यीय नगर कमिटी गठन गरेको हो । कार्यक्रममा माओवादी केन्द्रीय सदस्य तथा धादिङ जिल्ला ईन्चार्ज दाजु शालिकराम जमकट्टेलको विशेष आतिथ्यता रहेको थियो ।