
धादिङ असोज १४ । “हुने विरुवाको चिल्लो पात” भने झै कविता गुरुङ चौतर्फी प्रतिभावान छिन् । धादिङबेसी स्थित नीलकण्ठ माध्यामिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत छात्रा कविताको प्रतिभाको बारे बाहिर आउन नसके पनि उनको गतिविधिहरु प्रशंसनिय रहेको शिक्षकहरु बताउँछन् । ठुलो भएर डाक्टर बन्ने, अमेरिका जाने रहर भएको बताउने कविता कक्षा ६ को प्रथम छात्रा हुन् । अत्यन्त मिजासिलो, सरल स्वभावकि उनी पढाईमा मात्रै अब्बल हैन, नृत्य, गायन, खेलकुद र साहित्यमा समेत अब्बल छिन् ।
निम्न मध्यम वर्गिय परिवारमा जन्मिएकी कविता संयोग बस धादिङपोष्टको कार्यालयमा मलाई खोज्दै आईपुगिन
अंकल तपाई नारायण सिलवाल हो ?
मैले हो, किन र नानु भनें
तपाईहरुले फोटो प्रतियोगिता कार्यक्रममा डान्स पनि गर्न दिनु भएछ, मलाई पनि धेरै मान्छे भएको ठाउँमा डान्स गर्न मन छ, अब कहिले त्यस्तो कार्यक्रम हुन्छ ? मैलै खै नानु अब त्यस्तो भयो भने खवर गरुँला नी । हाम्रो बाबाले भन्नु भएको तपाई पत्रकार हो रे तपाईले चाहानु भयो भने मिलाउन सक्नु हुन्छ रे उनले थपिन । बाल मनोविज्ञान ख्याल गर्दै मैले हुन्छ अब म छिट्टै कुनै कार्यक्रममा डान्स देखाउने व्यवस्था मिलाउँछु है भने । उनको मुहारमा थप खुसी छायो ।
अंकल पत्रकारले कथा कवित पनि छाप्छन् हो ? म पनि कविता लेखुम् ? लेखेर ल्याएको भए देउ नानु, म छापुलानी भनें, हैन के अंकल अहिले नै लेख्छु अहिले नै छाप्नु न । म दंग परें अहिल्यै लेख्न सक्छौं ? ल लेख मैले भने, टेबुलमा भएको एउटा पेपर तान्दै उनले कविता लेखिन । अंकल यो बाबाको फेसबुकमा पनि देखिन्छ हो ? ल म पोष्ट गरेपछि तिम्रो बाबालाई भन्छु नि भने पछि खुसी हुँदैगईन् ।
उनले लेखेको कविता
समय
समय हो मानिसको सारै ठुलो साथी
समयलाई बुझ्ने मान्छे पुगछ धेरै माथि
समयमा गरे हुन्छ पुरा काम
समयलाई किन्न सक्ने छैन छैन कुनै काम
समय नै शत्रु हाम्रो समय नै मित्र
खोजे पनि भेटिदैन समयको चित्र
समय छ नदी जस्तो फर्कि आउँदैन
समयले कसै सँगै प्रीति लाउँदैन


नेपाल बनाऔं
गण्डकी कोसी भएर खुसी बग्छन् रमाई
पहाड तराई दाजु र भाई कोही छैन पराई
सुसेली हाल्दै पाईला चल्दै छहरा भरेको
खुसी भो मन देखेर लहरा परेको
डालाका डाला धानका बाला गएर टिपौंन
कोईली सँग मागेर दुङ्गा गाउन सिकौ न
गुराँस फुल्छ मन यो डुल्छ पछाडी पाखामा
गुन्जिन्छ गीत, मरेर गीत लैबरी भाकामा
अंकल म त पछि डाक्टर बन्ने हो, अमेरिका जाने हो, कविताको यो वाक्यले मलाई कौतुहलता जगाई रहेको छ । बाल मष्तिस्कमा अमेरिका शब्द किन आयो । कक्षा १ देखि नै प्रथम हुने छात्रा उनी ६ सम्म पुग्दा दोस्रो हुनु परेको छैन । बोली बचन एक परिपक्क मान्छेको भन्दा कम छैन । अत्यन्त नम्र भएर कुरा गर्ने घरमा अनपढ बाबु आमाको साथमा रहेकी कविताको क्षमतालाई शिक्षकहरुले कत्तिको तिखार्न सक्छन् त्यो भविश्यले बताउने छ ।