क्रिकेट: धादिङले पहिलो खेलमै मकवानपुरको सामना गर्ने

Avatar photo
Dhadingpost
जेष्ठ ३१, २०८३

धादिङ । बागमती प्रदेश सरकारले आयोजना गर्न लागेको तेस्रो बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटतर्फ धादिङले आफ्नो पहिलो खेल, पहिलो सिजनमा धादिङलाई च्याम्पियन हुनबाट रोक्ने टिम मकवानपुर सँग खेल्ने भएको छ ।

प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले सार्वजनिक गरेको खेल तालिका अनुसार धादिङ र मकवानपुरबीचको खेल असार २ गते गौरीटार क्रिकेट मैदान, हेटौंडा मा हुनेछ ।

पहिलो बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको फाइनलमा धादिङलाई पराजित गर्दै उपाधि जितेको मकवानपुरसँग धादिङको पुनः भेट हुन लागेको हो । यस कारण पनि उक्त खेललाई निकै चासोका साथ हेरिएको छ । धादिङका लागि यो खेल पुरानो हारको बदला लिने अवसरका रूपमा समेत रहेको छ ।

प्रतियोगितामा सहभागी टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘क’ मा मकवानपुर, चितवन, सिन्धुपाल्चोक र धादिङ छन् भने समूह ‘ख’ मा नुवाकोट, काठमाडौं, ललितपुर र भक्तपुर रहेका छन्।

खेल तालिका अनुसार जेठ १ गते काठमाडौं, नुवाकोट (बिहान ९ बजे), ललितपुर र भक्तपुर (बिहान १ बजे) बीच प्रतिस्पर्धा हुनेछ । असार २ गते मकवानपुर र धादिङ (बिहान ९ बजे), तथा चितवन, सिन्धुपाल्चोक (बिहान १ बजे) बीच खेल हुनेछ । त्यसपछि असार ३ गते सेमिफाइनलका दुई खेल सम्पन्न हुनेछन् भने असार ४ गते फाइनल खेल तहुने छ ।

धादिङ क्रिकेट टोलीले प्रतियोगिताको तयारीलाई तीव्र बनाएको बताइएको छ । मकवानपुरविरुद्धको पहिलो खेल जित्दै प्रतियोगितामा विजयी सुरुवात गर्ने लक्ष्यसहित टोली मैदान उत्रने तयारीमा रहेको छ ।