चार जना युट्युबर पक्राउ

Avatar photo
Dhadingpost
बुधबार, अशोज १३, २०७८

काठमाडौं असोज १३ । युट्युब च्यानल मार्फत महिलाको चरित्रहत्या गर्ने भिडियो, अन्तर्वाता तथा फोटोसहितको विवरण प्रसारण गर्ने ४ वटा युट्युब च्यानल संचालकहरु पक्राउ परेका छन् ।

प्रहरीले दिएको जनाकारी अनुसार पक्राउ पर्नेमा दैनिक खवर युट्युब च्यानलका संचालक काठमाडौंका प्रदिप भण्डारी, हरेकपलको खवर युट्युब च्यानलका संचालक नुवाकोटका शिशिर अधिकारी, सराईचुली मिडिया युट्युब च्यानलका संचालक काठमाडौंका पिंकला कार्की र मोर्डड अनलाईन टिभिका संचालनक दोलखा निवासी रोधन तामाङ छन् ।

विद्युतिय कारोवार ऐन ०६३ अन्तरगतको कसुर गरेकोले उनीहरुलाई सोही अनुसार मुद्धा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।