
धादिङ असोज २ । माओवादी केन्द्रको धादिङ-काठमाडौं सम्पर्क समन्वय समिति अन्तर्गत रुबीभ्याली, खनीयबास, त्रिपुरासुन्दरी, नेत्रावती डवजोङ र ज्वालामुखी गाउँपालिकाको दोस्रो भेला सम्पन्न भएको छ ।
काठमाडौं स्थित सामाखुसीमा रहेको स्काइ पाटी प्यालेसमा शनिबार भएको उक्त भेलामा दर्जनौ एमाले, काँग्रेस र राप्रपाका कार्यकर्ताहरु माओवादीमा प्रवेस गरेको माओवादी केन्द्रले जनाएको छ ।
कार्यक्रमका माओवादी केन्द्र धादिङका नेताहरु बिष्णु पुकार श्रेष्ठ, पुष्प बिक्रम मल्ला, शालिकराम जमकट्टेल, रामबहादुर भण्डारी, कल्पना धमला, जगत सिम्खडा लगायतले सम्बोधन गरेका थिए ।
