धादिङबाट काठमाडौं जाँदै गरेको बसबाट स्रोत नखुलेको ११ लाख बरामद

Avatar photo
Dhadingpost
भदौ २३, २०७८

धादिङ भदौं २३ । धादिङबाट काठमाडौं जाँदै गरेको बा. ४ ख ४४५० नम्बरको बसबाट बुधबार बिहान प्रहरीले स्रोत नखुलेको नगद ११ लाख रुपैया बरामद गरेको छ ।

चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गामा सवारी चेकजाँचको क्रममा उक्त बसमा यात्रा गर्ने भारत पश्चिम बंगाल हाउडा घर बताउने १९ वर्षीय शोविक आदकलाई पक्राउ गर्दै उक्त ११ लाख नेपाली रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार शोविक आदकले झोलामा उक्त स्रोत नखुलेको नगद ११ लाख ल्याएको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।