
मोहन खत्री रसिक ।
परदेशको त्यो ४५ डिग्री तातो घाममा राफिदै निधारबाट झरेको पसिना नाकको टुप्पोमा टलपलाउँदै भुँईमा झर्नु अगावै मलाई प्रश्न गर्यो । मोहन मलाई यो परदेशी भुमिको पनि मरुभूमिमा झार्नु भन्दा नेपालमै झारिदेउ । तिम्रो श्रम र सीप नेपालमै केहि सम्भावना छ । त्यसपछि नेपाल आए, पसिनाको कुरा नकार्दै बहिर जान आटेको भिसा आएन । अब के गर्ने । केहि त गर्नै पर्छ । मैले, विदेशमा डलर थापेको हातले सानातिना जागिर आश नलाग्दो रैछ ।
गाउँ घरमा नयाँनयाँ घरहरु बनेका थिए । सबैतिर कलर गर्नुपर्ने र रङ् गर्ने मान्छेहरुको अभाव भैरहेको देखिन्थ्यो । मेरो मनको पहिलो रोजाई नै पेन्टिङ तिर गयो । २०७४ बाट निरन्तर रुपमा यहि पेन्टिङलाई पेशा बनाई अगाडी बढ्दै गए । मरुभूमिमा खसेका प्रत्येक ढिका पसिनालाई साक्षी राख्दै अहिले पनि पेन्टिङलाई निर्नतरता दिई रहेको छु ।
आफन्त, ईष्टमित्र, चिनेका, नचिनेका शुभचिन्तकहरुबाट पेन्टिङको अडर लिनु र आफूले थालेको काम ईमान्दारी पूर्वक पुरा गर्ने दैनिक बनि रहेको छ मेरो अचेल । मैले चाहादा चाहँदै पनि कतिपय घरहरु कार्य व्यस्तताको कारण समयमै काम दिन नसकिन अवस्था आए बाहिरबाट थप म्यानवपावर थप्ने गरेको छु ।
परदेशमा नाकको टुप्पोमा अड्किएको पसिनाले भनेझै मैले नेपालमै पसिना बगाएको छु । आफुमा केहि गर्छु भन्ने ईच्छा आकाङ्क्षा लिएर काम गरे नेपालमै स्वरोजगर प्रशस्त छन् ।
सजिलो छैन परदेशमा, नाकको टुप्पोबाट झर्दैगरेको पसिनाको कस्सम तपाईंलाई प्रदेशमा खटिने समय नेपालमा खटिनुहोस् त्यहाँ कमाउने पैसा यहाँ पनि कमाउन सकिन्छ । भन्ने दरिलो उदाहरण म पनि हो । कामले सानो हुँदैन । तमाम् जोसिला युवाहरू सकभर प्रदेश नजाऔं । श्रम नबेचौं, जानै परे राम्ररी बुझेर जाऔं, नत्र आफ्नै पसिनाले धिकार्ने छ ।