जगन भट्टद्वारा व्यक्तिगत खर्चमा अवरुद्ध सडक सूचारु

Avatar photo
उपेन्द्र जम्कट्टेल
सोमवार, भदौ ७, २०७८

धादिङ भाद्र ७ । धादिङको सिद्धलेक गाउँपालिका र ज्वालामुखी गाउँपालिका जोड्ने धौखोला पुल र किनरी दोभनमा बाढी र पहिरो क्षेति पुर्याएको सडक जगन भट्टले मर्मत गरि सुचारु गरि दिएका छन् ।

अविरल वर्षको कारण विगत एक महिना देखि अवरुद्ध सडक समाजसेवी एवम् नेपाली काङ्ग्रेस ज्वालामुखी गाउँ पालिकाका युवा नेता जगन भट्टले मर्मत गरि सूचारु गराएका हुन् ।

त्यहा रहेको हिम पाइप र तारजालीहरु बगार्इ सडक अवरुद्ध हुँदा एम्बुलेन्स र खाद्यन्न ढुवानीसेवा, माल बाहक गाडी संचालनमा कठिनाई भएको थियो । स्थानीय सरकार उक्त सडक सूचारु गर्न पहनकदमी नलिएपछि स्थानीय जगन भट्टले मर्मत संहार गरि सडक सुचारु गराएका हुन् ।