धादिङ भाद्र ४ । धादिङको धुनीबेसी नगरपलिका वडा नम्बर ९ मा रहेको डिल्ली सावित्री माध्यामिक विद्यालयले स्कुल बस खरिदका लागि आर्थिक संकलन अभियान सुरु गरेको छ ।
राजमार्ग क्षेत्रका कतिपय विद्यालयलाई प्रदेश सरकारले नै स्कुल बस उपलब्ध गराएपनि यस विद्यालय प्रदेश सरकारको नजर नपरे पछि चन्दा संकलन गरेर स्कुल बस खरिद गर्ने लक्ष्यका साथ आर्थिक संकलन अभियान सुरु गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष राना क्षेत्री बताउँछन् ।
अधिकाँश नीजि विद्यालयहरुले बसबाटै विद्यार्थी बोक्छन्, डिल्ली सावित्री माध्यामिक विद्यालय पनि गुणस्तरिय शिक्षामा एक कदम अगाडी रहेको विद्यालय हो, स्कुल बस सेवा नहुँदा कतिपय विद्यार्थीहरु यस विद्यालयमा पढ्न बन्चित हुनुपर्ने अवस्था रहेकोले अभिभावकहरुको आग्रहमा स्कुल बस खरिदका लागि आर्थिक संकलन अभियान सुरु गरिएको अध्यक्ष राना क्षेत्री बताउँछन् ।
विद्यालयको लागि दुई रोपनी भन्दा बढी जग्गा दान गर्ने डिल्लाी चापागाईर सावित्री चापागाईको नामबाट डिल्ली सावित्री मावि नामाकरण गरिएको यस विद्यालयका प्र. अ. घनश्याम अधिकारीले बस खरीदका लागि करीव नेपाली २७ लाख लाग्ने हुँदा आर्थिक सहयोगको अपिल गर्दछन् ।
अहिले सम्म पाप्त सहयोग
१. दिपक राई, धुनीबेसी-९ बाट २५,५२५
२. घनश्याम अधिकारी, प्र.अ. बाट २५,५२५
३. सानुकान्छा राई, धुनीबेसी-९ बाट २०,२२०
४. लक्ष्मण खड्गी, धुनीबेसी-९ बाट २०,५००
५. गोविन्द प्रसाद पाण्डे (शिक्षक) धुनीबेसी-९ बाट २५,०००
६. दिपक खत्री (शिक्षक) धुनीबेसी-९ बाट २५, ५५५
७. बिक्रम जंग राना, धुनीबेसी-९ बाट २०,२०२
८. बिनोद आचार्य, धुनीबेसी-६ बाट २०,५००
९. अच्युत उप्रेती, धुनीबेसी-७ बाट २०,५०५
१०. सन्तोष राना क्षेत्री, धुनीबेसी २५,५२५