धादिङमा अनौठो किम्वद्धन्ती बोकेको मन्दिर

Avatar photo
Dhadingpost
शनिबार, साउन ३०, २०७८

धादिङ साउन ३० । धादिङको ज्वालामुखी ४ ढोलामा अबस्थित बराह मन्दिरको अनौठो किम्वद्धन्ती रहेको छ । यस मन्दिमा पुग्ने जो कोहि पनि त्याँहा रहेको ठुलो ढुङ्गगा (जसलाई पुजा गरिन्छ) देख्ने वित्तिकै अचम्ममा पर्ने गर्छन् ।

यस मन्दिरको वारेमा स्थानिय वुढा पाकालाई सोध्दा पहिले एउटा सानो ढुङ्गगालाई एकजना स्थानिय व्यक्तिले हसिया उदीयाउने ढुङ्गगाको रुपमा घरमा लिएर गएका थिए । तर भोलिपल्ट त्यो ढुङ्गगा त्याँहा थिएन र अघिल्लो दिन जहाँवाट लगिएको थियो त्यहि आएर बसेको देखेछ ।

कसैले त्यस ढुङ्गगालाई त्याहाँ ल्याएर राखेको होला भन्ने ठानी पुन त्यस ढुङ्गगालाई अर्को दिन पनि आफ्नो घरमा लगेछ । यसरी लादा पुन अर्को दिन पनि ढुङ्गगा हराएछ र त्यसै ठाउमा आइ वसेको देखेछ । त्यस कुरावाट उसलाइ अनौठो लागेछ ।

अर्को दिन घर भित्र डोकोले छोपेर राख्दा पनि त्यस ढुङ्गगा पुन त्यहि ठाउमा आएर बसेको देखेछ । यस्तो प्रक्रिया दोहोरिए पछि उसले सबैलाई सुनाएछ । त्यसै दिन वेलुका एकजना अगुवा गुरुङ्गको सपनिमा म वराह हु्ँ मेरो निम्न विधि अनुसार पुजा गर्नु म सँधै यस गाउको रक्षा गर्छु भनेर सपना भएछ ।

सपनामा भनिए अनुसार मेरो पुजा १० वर्ष मुनिका कुमार केटाले गर्नु पर्छ । मलाई पुजा गर्दा धुप, अक्षता, भेटि नैव्यध्य चढाउनु पर्छ मेरो पुजा फागुनवाट साउन सम्म गर्नु पछर्, म साउनवाट माघसम्म निलारी वस्छु भनेर सपनी भए पछि सबेलाई सो कुरा सुनाई, त्यसै विधि अनुसार पुजा आजा गर्ने चलन रहेको पाईन्छ ।

ज्वालामुखी रमणिय गाउँपालिका भित्र पर्दछ । यस गाउँपालिका जलमूखिमाइ, ढोला मण्डली, मैदी कोट, खरि कोट र चैनपुर कोट जस्ता धार्मिक, पुरातात्विक एबं पर्यटकिय प्रचुर सम्भावना बोकेको गाउँपालिका हो । जिल्ला स्थित टारहरु मध्ये पिपलटार जिल्लाकै महत्वपूर्ण टार यहि गाउँपालिकामा पर्छ यहाँ कुमाल समुदायको बाहुल्याता रहेको छ ।

(धादिङ जिल्ला स्तरीय प्रथम फोटो प्रतियोगितामा सहभागि बराह मन्दिरको यो फोटो र समाचार प्रमोद भट्टको हो । )