किरान्चोकमा २० वर्षिय सम्झना रोक्काको हराएको १० दिनमा शव भेटियो

Avatar photo
Dhadingpost
आइतवार, साउन १०, २०७८

धादिङ साउन १० । धादिङको गजुरी गाउँपालिका ८ किराञ्चोक निवासी २० वर्षिय सम्झना रोक्का हराएको १० दिनमा शव फेला परेको प्रहरीले जनाएको छ ।

साउन १ गते देखि सम्पर्क विहिन सम्झना रोक्काको शव उन कै घर माथि जंगलमा आईतबार बिहान भेटिएको प्रहरीले जनाएको हो । बाटो हिड्ने मान्छेहरुले गन्ध आएपछि उक्त पधेरा वनमा खोजविन गर्दा सम्झनाको शव फेला पारेको धनबहादुर रोक्काले धादिङपोष्टलाई बताए ।