
असार २५, धादिङ । भर्चुअल छन्द कविता वाचन प्रतियोगितामा कक्षा ८ मा अध्ययनरत छात्रा मञ्जिला श्रेष्ठ प्रथम भएकी छिन् ।
एड्भान्स एकेडेमीले आयोजना गरेको भर्चुअल छन्द कविता वाचन प्रतियोगितामा कक्षा ८ मा अध्ययनरत छात्रा मञ्जिला श्रेष्ठ प्रथम भएकी हुन् ।
विद्यालयस्तरीय उक्त कार्यक्रममा विद्यार्थीहरू र अभिभावकहरू सहभागी थिए जसमा कक्षा ८ कै छात्रा एलिना बानियाँ द्वितीय र कक्षा ७ की छात्रा साधना तामाङ तृतीय हुन सफल भएकी छिन् ।
त्यसैगरी कक्षा ६ की छात्राहरू रेणु धरेल, जेनिशा छत्कुली र कक्षा ६ कै छात्र प्रोसेस दुवाडी तीनजनाले सान्त्वना स्थान हाँसिल गरेका छन् ।
विद्यालयका प्रिन्सिपल भिम बहादुर श्रेष्ठको अध्यक्षता भएको उक्त प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हाँसिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार स्वरूप प्रमाणपत्रको साथै साउन महिनाकाे मासिक शुल्कमा क्रमशः २५ प्रतिशत, १५ प्रतिशत, १० प्रतिशत र ५ प्रतिशत छुट उपलब्ध गराईने विद्यालयले जनाएको छ ।
धादिङबेंसी स्थित यस एड्भान्स एकेडेमीले बन्दाबन्दीको समयमा पनि विद्यार्थीहरूको सिकाइमा आँच आउन नदिन र उनीहरूमा अन्तर्निहीत प्रतिभा प्रष्फुटन गर्नका लागि निरन्तर रूपमा भर्चुअल कक्षाका साथै अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्दै आइरहेको छ ।
