
धादिङ असार १२ । धादिङको गल्छी गाउँपालिकाले १०० जना भन्दा बढी किसानलाई लैनो भैंसी वितरण गर्ने भएको छ ।
गाल्छि गाउँपालिकाको अनुदानमा र कल्लेरी साना किसान कृषि सहकारी संस्था र बागेश्वरी सहकारीको समन्वयमा भैंसी प्रबर्द्धन कार्यक्रम अन्तरर्गत साविक कल्लेरी र बैरेनीका किसानलाई लैनु भैंसी वितरण गरिने गउँपालिकाले जनाएको हो ।
गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठका अनुसार तत्काल साविक कल्लेरीका १७ जना किसानलाई लैनो भैंसी वितरण गरिएको र कल्लेरीका ४८ जना किसानलाई केहि दिन भित्रमा वितरण गरिने छ ।
सहकारीले छनोट गरेका किसानहरुलाई गाउँपालिकाको ३५ हजार अनुदानमा लैनु भैंसी वितरण गरिदै आएको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
केहि दिन पहिला मात्रै त्रिपुरासुन्दरी गाउँपालिकाले अनुदानमा सल्यानटारका किसानलाई भैसी वितरण गरेको थियो ।