सल्यानटारका किसानलाई भैंसी वितरण

Avatar photo
Dhadingpost
सोमवार, असार १४, २०७८

धादिङ असार १४ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटारका ५० जना किसानलाई ५० वटा भैंसी वितरण गरिएको छ ।

गाउँपालिका र साना किसानको लागत साझेदारीमा भैंसी प्रवद्र्धन कार्यक्रम अनुसार आईतबार साना किसान कृषि सहकारी संस्था लिमिटेड सल्यानटारले किसानलाई भैंसी वितरण गरेको हो ।

किसानको १८ हजार र गाउँपालिकाको १८ गरी प्रति भैसी ३६ हजारमा रौतहटबाट भैसी ल्याईएको र १८ हजार लगानी गर्न नसक्ने देवि विकलाई १ वटा भैंसी नि:शुल्क प्रदान गरिएको सहकारीका व्यवस्थापक सञ्जु श्रेष्ठले धादिङपोष्टलाई जानकारी दिनु भयो ।

उक्त भैंसी वितरण कार्यक्रममा त्रिपुरासुन्दरी १ का वडा अध्यक्ष भोज बहादुर रिजाल, सहकारीका अध्यक्ष फणिकान्त छत्कुली, संचालनक समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।