
धादिङ असार १० । वागमती प्रदेशका सामाजिक विकास राज्यमन्त्री एवम् धादिङका प्रदेश सांसद डा. रामकुमार अधिकारीले धादिङ अस्पतालले अब अन्तराष्ट्रिय स्तरको सेवा दिने बताउनु भएको छ ।
केहि भौतिक संरचनाहरु थप्नु पर्ने काम बाँकी छ, उपकरणहरु प्रयाप्त मात्रामा आईसकेका छन्, केहि आउने क्रममा रहेका छन् । नीजि व्यवसायीहरुलाई समेत बेच्न पुग्ने अक्सिजन प्लान्ट र पीसीआर ल्याव, यहि महिनाको अन्तिमबाट काम हुने गरि टेन्डर भैसकेको छ ।
स्वास्थ्य उपकरणहरु कुनै पनि अस्पताल कहिले पनि पूर्ण हुँदैन तर आवश्यक उपकरणहरु अब धादिङ अस्पतालमा कमि नरहेको तर दक्ष स्वास्थ्यकर्मी र प्राविधिकहरु कमि रहेको जनाउँदै यसको पनि प्रदेश सरकारले हल गर्ने भन्दै मन्त्रि अधिकारीले केहि समय लाग्ला तर अब छिट्टै धादिङ अस्पतालले अन्तराष्ट्रिय स्तरको सेवा दिने दावी गर्नु भएको छ ।
भेन्टिलेटर सेवा, आइ सी यु सेवा देखि धादिङ अस्पतलामा हृदयघात सम्मको उपचार धादिङ अस्पतालमा सुरु भैसकेको जनाउँदै उहाँले अब मृगौला रोगीहरुले डायलासिस गाराउन अन्यत्र जान नपर्ने समेत बताउनु भयो । जिल्ला अस्पताल धादिङमा जडान गरिएको अक्सिजन प्लान्ट उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले धादिङका विरामीहरुलाई अन्यत्र रिफर गर्न नपर्ने गरि विकास गरिने बताउनु भएको हो ।
आज उद्घाटन गरिएको अक्सिजन प्लान्टले प्रतिमिनेट ८५–९० लिटरसम्मको अक्सिजन उत्पादन गर्ने उक्त उत्पादित अक्सिजन पाईपलाईनबाट अस्पतालको आई. सी. यू. र अन्य वार्डमा रहेका बेड बेडमा पुर्याईएको छ ।
उद्घाटन कार्यक्रममा मन्त्री अधिकारीको मन्तव्य