२० जना मन्त्री पदमुक्त

Avatar photo
Dhadingpost
मङ्लबार, असार ८, २०७८

काठमाडौं असार ८ । पूर्व प्रधान मन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार नै भोली २१ जना मन्त्रिहरु पद मुक्त हुने घोषणा गरे अनुरुप नै आज सर्वोच्चले २० जना मन्त्रिहरुलाई पद मुक्त गरेको छ ।

कार्यकर्ताहरु सँग धादिङको बेनिघाट रोराङमा भोली २१ जना मन्त्रीहरु पद मुक्त हुने प्रचण्डले बताउनु भएको थियो यो समाचार धादिङपोष्टले प्रकाशित गरेको थियो ।

मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले नयाँ नियुक्त भएका २० मन्त्री पदमुक्त हुने आदेश दिएको हो ।