सल्यानटारलाई शहरमा विकास गरिने, खानीखोला र खनियाबासमा सघन विकास कार्यक्रम ल्याईने

Avatar photo
Dhadingpost
आइतवार, जेष्ठ ३०, २०७८

धादिङ जेष्ठ ३० । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०७८र०७९ को नीति तथा कार्यक्रममा धादिङको सल्यानटारलाई सहरका रुपमा विकास गरिने उल्लेख गरिएको छ ।

सहरी विकास कार्यक्रम सञ्चालन गर्दै धादिङको सल्यानटार सहित अन्य जिल्लाका सहर-सिन्धुली, भकुण्डेबेसी सहर-काभ्रेपलान्चोक र रसुवागढी भन्सार नाका-रसुवा लगायतका ठाउँलाई सहरका रुपमा विकास गरिने नीति तथा कार्याक्रममा उल्लेख गरिएको हो ।

यस्तै धादिङको खानीखोला, खनियाबास र अन्य जिल्लाका उमाकुण्ड, पाँचपोखरी, थाङपाल र जुगल, गौरीशङ्कर, घ्याङलेख, राक्सीसराङ्ग, कैलाश, इच्छाकामना, दुप्चेश्वथर, महाभारत, बकैया क्षेत्रको पहिचान गरी सघन विकास कार्यक्रम सञ्चालन गर्न आगामी आर्थिक वर्षमा सम्भाव्यता अध्ययन गरिने समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यस्ता छन् बागमती प्रदेशको नीति तथा कार्यक्रममा उल्लेख गरिएका आकर्षक नारा

  • ‘एक स्थानीय तह एक नर्सरी कार्यक्रम’
  • ‘स्वच्छ पानी, सफा जलाधार’
  • ‘बाँझो जमिनको प्रयोग, उत्पादनमा सहयोग’
  • ‘बागमती प्रदेशको ईच्छा, समृद्धिका लागि प्राविधिक शिक्षा’
  • ‘एक घर, एक धारा’
  • ‘प्रदेशको पानी, प्रदेशकै नागरिकको लगानी’
  • ‘सिचाई गरौं, उत्पादन बढाऔं’,
  • ‘किसानको गरा, सँधै हराभरा’
  • ‘सबै क्षेत्रमा विद्युत पुर्‍याउने, उर्जा खपत बढाउने’