कोरोना भ्याक्सिन भित्र्याउन युएईस्थित नेपाली दूतावासले पहल गर्ने

Avatar photo
हरि नेपाली
बिहिबार, जेष्ठ ६, २०७८


युएई, जेठ ५ । कोरोना विरुद्धको अभियानमा नेपाल सरकारलाई सहयोग गर्न युएईको अबुधाबीस्थित नेपाली दुतावासले  भ्याक्सिन भित्र्याउन पहल गर्ने भएको छ।

दूतावासले सोमबार साँझ युएईमा क्रियाशिल नेपाली समुदाय र संघसंस्थाका प्रतिनिधिहरुसँग एक भर्चुअल बैठक आयोजना गरिकोभिड-१९ विरुद्धको लडाइँमा नेपाल सरकारलाई सहायता गर्ने विषयमा छलफल गरेको हो । 

छलफल कार्यक्रममा युएईमा रहेका नेपाली राजनीतिक दलका प्रवास संगठन, एनआरएनए, नेपाल एसोसिएसन, नेपाली समाज, नेपालपत्रकार महासंघसहित विभिन्न जिल्लागत संघसंस्थाका प्रतिनिधिहरु सहभागी भएका थिए।

पछिल्लो समय मुलुकमा कोरोना संक्रमण उच्च भएपछि अक्सिजन तथा अन्य स्वास्थ सामाग्रीहरु र भ्याक्सिनको चरम अभावदेखिएकोले नेपाली राजदुतावासको संरक्षकत्वमा संघ-संस्थाहरुको संयुक्त समिति बनाएर भ्याक्सिन खरिद गर्ने निर्णय गरिएको थियो ।उक्त समितिले स्थानीय निकायसँग अनुमती लिएर युएईमा रहेका नेपाली समुदायसँग आर्थिक संकलनका लागि आव्हान गर्ने समेतवताएका छन् ।

छलफलमा हवाई उडान स्थगन भएपछि नेपाल जान नपाएका नेपालीहरुलाई कसरी नेपाल फर्काउने भन्ने विषयमा समेत छलफल भएकोथियो । तत्काल नेपाल फर्कनुपर्ने स्थितीमा रहेका नेपालीहरुलाई चार्टर्ड उडान गरेर भएपनी नेपाल पठाउनु पर्ने विषय छलफलमा उठेकोथियो । 

युएईका लागि नेपाली राजदुत कृष्णप्रसाद ढकालले चार्टर्ड उडान महँगो पर्ने हुनाले नियमित उडान खोल्ने प्रयास भईरहेको बताए। उनलेभने, “चार्टर्ड उडानमा यात्रुलाई आर्थिक भार बढ्ने हुनाले सातामा दुई वटासम्म नियमित उडान संचालन गर्न पहल भईरहेको छ।”

राजदुत ढकालले कोभिड-१९ विरुद्धको लडाइँमा युएईमा रहेका सबै नेपालीहरुलाई एक भएर राज्यलाई सहयोग गर्न आग्रह समेत गरेकाछन्।