खनियावास निवासी ख्रीस्ट मायाको दुबै मृगौला फेल, उपचारमा आर्थिक संकट

Avatar photo
उपेन्द्र जम्कट्टेल
बिहिबार, बैशाख ३०, २०७८

धादिङ बैशाख ३० । खनियाबास गाउँ पालिका वडा नं.१ निवासी साने तामाङको जेठी छोरी ख्रीस्ट माया तामाङ वर्ष ३६ को दुबै मृगौलाले काम गर्न नसक्ने भएकोले अहिले सम्म १५ लाख जत्ती खर्च भइसकेको छ ।

पारिवारको आर्थिक स्रोत कमजोरी र पोखरामा ज्याला मजदुीको काम गरेर परिवार र गुजरा गरिरहेको ख्रीस्ट माया तामाङ एक्कासी बिरामी भएर पोखराको एक अस्पतालमामा चेक गर्दा मृगौला फेल भएको रिपोर्ट निस्के पछि अहिले अर्थिक चपेटामा परेको हो ।

जीवन मृत्यु सङ्ग लडिरहेको हुनाले उहाँलार्इ बचाउनका लागि आ आफ्नो तर्फबाट अर्थिक सहयोगको अपेक्षा सहित सबैमा सहयोगको लागी हार्दिक अनुरोध गरिएको छ । सहयोगका लागि सानराइज बैक लिमिटेड पोखरामा रहेको विरामीको नाममा रहेको खाता नम्बर 0350618852202001 रहेको छ वा समाज सेवी एवम गायक सन्दिप स्याम्चेनको मोबाइल नम्बर 9849778811 मा सम्पर्क गर्न सक्नु हुनेछ ।