धादिङमा तर्वुजा खेती, उत्पादित तर्वुजा बजार पुग्न थाल्यो

Avatar photo
Dhadingpost
आइतवार, बैशाख २६, २०७८

धादिङ बैशाख २६ । धादिङको ज्वालामुखी गाउँपालिका ५ स्थित बुङकोटघाटमा व्यवसायीक रुपमा लगाईएको तर्वुजा बजार पठाउन थालिएको छ ।

वडा अध्यक्ष कृष्ण काप्री र जिवन सिखडाले करिव ५ रोपनी जग्गामा धादिङकमा पहिलो पटक तर्वुजा खेती गरेका हुन् । तर्वुजा उत्पादन सुरु भएको छ, गरे के हुँदैन भन्ने भावनाका साथ हामीले परिक्षणको रुपमा हाल ५ रोपनी जती जग्गामा तर्वुजा खेती गरेका हौ । खेती गर्ने पूर्ण ज्ञानको अभावका बीचमा पनि तर्वुजा खेती राम्रै भएको वडा अध्यक्ष काप्रीले धादिङपोष्टलाई बताउनु भयो ।

लगाउन सजिलो र धादिङका त्रिशुली, बुढी गण्डकी, आँखुखोला आसपास यसको खेती गर्न सकिने सन्देश अहिलेको तर्वुजा खेती दिएको समेत अध्यक्ष काप्रीले बताउनु भयो ।

अहिले मुख्य बजार पठाउन सकिएको छैन नजिकका साना बजारमा नै उत्पादन भएका तर्वुजा प्रति किलो ५० रुपैयामा विक्रि भैरहेको व्यवसायी जिवन सिंखडा बताउनु हुन्छ ।

कृषिमा केहि गरौं, भन्ने इच्छा भएका किसानलाई संघमा गएर हुन्छ कि, प्रदेशमा गएर हुन्छ कि, स्थानीय सरकारलाई नै भन्दा हुन्छ कि उनीहरुको इच्छालाई व्यवहारमा उतार्न पूर्ण प्रतिवद्ध छु । हरेक किसान व्यवसायीक बन्नु पर्छ भन्ने आफ्नो चाहना भएको वडा अध्यक्ष काप्री बताउनु हुन्छ ।