धादिङ, खरीको खरी पिडालु (फोटो)

Avatar photo
Dhadingpost
सोमवार, मंसिर २२, २०७७

धादिङ मंसिर २२ । धादिङको साविक खरी गाविस अहिले ज्वालामुखी गाउँपालिकामा पर्छ । खरीका कृषक अहिले ‘खरी पिडालु’ खन्न व्यस्त छन् । धादिङ र यस आसपासका जिल्लाहरुमा खरी पिडालु पाईने ठाउँ खरी भनेर वर्षौ देखि परिचित हुँदै आएको छ ।

मोठो स्वाद र छिटो पाक्ने ‘खरी पिडालु’ लाई अहिले खरी ब्राण्ड राख्नको लागि ल्याब टेष्ट गर्नु पर्ने हुँदा प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराईएको ज्वालामुखी गाउँपालिका ५ का वडा अध्यक्ष कृष्ण काप्रीले बताउनु भयो ।

वर्षो देखि परम्परागत रुपमा खेती गरिँदै आएको ‘खरी पिडालु’ वडाले प्रत्सोहान स्वारुप अनुदान दिन थाले पछि गत वर्ष देखि कृषहरुले व्यक्तिगत र सामुहिक रुपमा खेती गर्न थालेका हुन् ।

धादिङपोष्टका लागि फोटो सौजन्य कृष्ण काप्री