धादिङ कार्तिक २० । धादिङको साविक खरी गाविस अहिले ज्वालामुखी गाउँपालिकामा पर्छ । खरीका कृषक अहिले ‘खरी पिडालु’ खन्न व्यस्त छन् । धादिङ र यस आसपासका जिल्लाहरुमा खरी पिडालु पाईने ठाउँ खरी भनेर वर्षौ देखि परिचित हुँदै आएको छ ।
मोठो स्वाद र छिटो पाक्ने ‘खरी पिडालु’ लाई अहिले खरी ब्राण्ड राख्नको लागि ल्याब टेष्ट गर्नु पर्ने हुँदा प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराईएको ज्वालामुखी गाउँपालिका ५ का वडा अध्यक्ष कृष्ण काप्रीले बताउनु भयो ।
वर्षो देखि परम्परागत रुपमा खेती गरिँदै आएको ‘खरी पिडालु’ वडाले प्रत्सोहान स्वारुप अनुदान दिन थाले पछि गत वर्ष देखि कृषहरुले व्यक्तिगत र सामुहिक रुपमा खेती गर्न थालेका हुन् ।
हाल ४ वटा समुहले सामुहिक रुपमा खरी पिडालु खेती गरेका छन् भने वडाका अधिकांश किसानले ‘खरी पिडालु’ खेती गरेका छन् । जनकल्याण महिला सामुदायिक बिकास कृषक समुह लगायतलाई जिल्ला कृषि ज्ञानकेन्द्र धादिङले खरी पिँडालु प्रबर्धन कार्यक्रम अन्तरगत (आर्थिक) र प्रबिधिक सहयोग गरेको छ ।
खरीमा उत्पादित यो खरी पिडालु अन्यत्र राम्रो खेती नभएको र भैहाले पनि स्वादमा फरकपन आएको दावी गर्दै वडा अध्यक्ष कप्रीले खरीलाई खरी पिडालु क्षेत्र नै बनाउने तयारी भएको बताउनु हुन्छ । अहिले बजारमा ५० रुपैया केजी छ । खरी पिडालु भन्ने बित्तिकै बजारमा पाउने स्थिति भएकोले पनि किसानहरु उत्साहित बनेको उहाँ बताउनु हुन्छ ।
त्यसो त खरी पिडालु खनि सकेपछि श्रेणी छुट्याएर किसानले दिन सके आफू युरोपियन मुलुकहरुमा समेत पठाउने दिनेश दुवाडीको प्रतिवद्धताले ‘खरी पिडालु’ खेतीका लागी हौसला मिलेको किसानहरु बताउँछन् । धादिङपोष्टका लागि फोटो सौजन्य कृष्ण काप्री