तिप्लिङ गाउँ म्युजिक भिडियो सार्वजनिक

Avatar photo
उपेन्द्र जम्कट्टेल
मङ्लबार, बैशाख २१, २०७८

धादिङ बैशाख २१ । उत्तरी धादिङको रुबिभ्याली गाउँपालिका स्थित तिप्लिङको आन्तरिक तथा वाह्य पर्यटकहरुको मनै लोभ्याउने दृष्य कैदै गर्दै पुर्नी रानी घलेको तिप्लिङ गाउँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

ल्हाप्साङ कर्पो म्युजिक सेन्टरले सार्वजनिक गरेको यस म्युजिक भिडियोमा तिप्लिङ गाउँको सुन्दरता त्यहाँका रहन, सहन, कला, सँस्कृती र त्यहाँको खानी रुबी, लालिगुराँस, चौरी गार्इको समेत चर्चा गरिएको छ ।

पुर्नी रानी घलेको शब्द रचना रहेको यस गितमा संगीत तथा निर्देशन ल्हाप्साङ कर्पो म्युजिक सेन्टरका प्रबन्ध निर्देशक रोशन फ्युवा (सङ्गुलले) गर्नु भएको छ । आवाजमा मेलिना राई र म्युजिक संयोजकमा सोम फ्युवा (वाङ्च्युले) गरेका हुन् ।

तिप्लिङ गाउँको आसपास देखि पाङ्सङमा छायांकन गरिएको छ । गित अनुसार भिडियो बनाइएको निर्देशन फ्युवाले बताउनु हुन्छ । अभिनय अनुता गुरुङ, बिनिता तामाङ, बिकास तामाङ, शैलेस घले र मारवाती तामाङले गर्नु भएको छ ।