धादिङको ढोला मण्डलीमा पुजा पाठ बन्द

Avatar photo
Dhadingpost
सोमवार, बैशाख २०, २०७८

धादिङ बैशाख २० । धादिङको ज्वालामुखि गाउँपालिका ४ ढोलामा पर्ने ढोला मण्डली थानमा अर्को सूचना जारी नहुँदा सम्मका लागि पुजा बन्द गरिएको छ ।

हप्ताको एक दिन मंगलबार मात्र खुल्ने यस मन्दिरमा भक्तजनहरुको उल्यख्य सहभागिता हुने र बढ्दो कोरोना संक्रमण रोकथामको लागि पाुजा पाठ बन्द गरिएको बताईएको छ ।

ढोला मण्डली बारे जनाकारी
ढोला मण्डली थानको आफ्नै किम्वदन्ती छ । २०४० साल ताका ढोला मंडली थानको वरीपरी रहेको जंगलमा रुख काट्न गएका एकजना सिकर्मीले रुख कट्न खोज्दा रुख काटिएन । जती प्रयास गर्दा पनि रुख काटिएन बरु बञ्चरो नै बाङ्गो भयो ।

रुख नकाटिए पछि हैरान भएर उनी घरतिर लागे । अर्को दिन बञ्चरो मर्मत गरेर पून रुख काट्न गएका उनले अचम्मको दृश्य देखे । उनले जुन रुख काट्ने भनेर बञ्चरो हिर्काएका थिए, त्यो रुखबाट रगत बग्न थाल्यो ।

रुखबाट रगत वगेको देखेर उनी डराउदै घर फर्किए । राती सपनामा कसैले उनलाई भन्यो, ‘म ढोला मण्डली माई हुँ, तिमीहरुले मेरो अपमान गरेका छौ, यदी मेरो सम्मान गर्ने हो भने हरेक मंगलबार पाठीको वली चढाउ’ । सपनाको कुराले ति सिकर्मीको होस हवासै उढ्यो ।

अर्को दिन उनी बिहानै मन्दिर भएको ठाउमा पुगे । त्यहाँ उनले मन्दिरको छेउमा रहेको पीपलको रुखमा बेरिएर रहेको अवस्थामा एउटा सर्प देखे । सर्प देखे पछि उनी झस्किए । त्यस पछि उनलाई सपनाको कुरा पुरै विस्वास भयो । त्यही सर्प नै देबी रहेछ ।

त्यो घटना पछि हरेक मंगलबार मंन्दिरमा पाठीको बली चढाइने गरेको त्यहाँ काटिएका पाठीको मासु महिलाले खानै नहुने र घरमा समेत लैजान नमिल्ने चलन छ । तस्वीरः राजन अधिकारी