
धादिङ फागुन १२ । बागमती प्रदेश स्तरीय लिग फुटबल प्रतियाेगितामा धादिङ मकवानपुरलाई ३-१ काे गाेल अन्तरले हराउदै फाईनल प्रवेस गरेकाे छ । बुधबार नुवाकाेट स्थित बट्टारमा सम्पन्न सेमिफाइनल खेलमा मकवानपुरलाई हराउदै धादिङ फाईनल प्रवेस गरेकाे हाे । फाईनल खेल धादिङ र काठमाडौ बीच हुने छ । धादिङलाई फाईनलमा पुर्याउन सुरज गुरुङ, विपिन कडेल र श्रीकृष्ण श्रेष्ठले १-१ गाेल गरेका थिए । आजै सम्पन्न दाश्राे सेमीफाईनल खेलमा सिन्धुपाल्चोकलाई १-० ले हराउदै काठमाडौं फाईलन प्रवेस गरे सँगै फाईनल धादिङ र काठमाडौं बीच हुने भएकाे हाे । फाईनल खेल फागुन १४ गते १ बजे हुने आयाेजक जिल्ला फुटबल संघ नुवाकाेटले जनाएकाे छ ।
५ लाख पुरस्कार राशीको यस प्रतियोगितामा उप विजेताले साढें २ लाख हात पार्ने छन् भने सेमी फाईनल पुग्ने टिनले ५० हजार पाउने छन् । टिम व्यवस्थापनको लागि खेल अगावै सबै टिमहरुलाई ५० दिएको एन्फाले नुवाकोटले जनाएको छ ।
यी हुन्, धादिङका लागि खेल्ले धादिङ समाज धादिङका खेलाडीहरु
Coach : Gopikrishna Bhandari
Coach: Dipak Rana
Manager : Kamal Raj Dhungana
Players:
Bipin Kandel
Ravi Bhandari
Sarju Gurung
Bimal Tamang
Nirmal Gurung
Anmol Bhandari
Saroj Pandey
David Tamang
Suroj Gurung
Chaturman Tamang
Ishwor Tamang
Arjun Rokka,
Labish Thapa,
Tara Magar,
Rajesh Bhandari,
Urgen Sherpa,
Anil Tamang. Shreekrishna shrestha
सम्बन्धित समाचारहरु
- धादिङ नुवाकोटलाई हराउँदै सेमिफाइनल प्रवेस
- धादिङद्वारा सिन्धुली ४ गोलले पराजित
- धादिङ गोल्ड कप गर्दै छौं -दिपक खतिवडा
- बागमती प्रदेश स्तरीय लिग सुरु, धादिङ र दोलखा बराबरी
- धादिङबाट प्रदेश लिग खेल्न खेलाडी नुवाकोट प्रस्थान (खेलाडीको नाम समेत)
- बागमती प्रदेशको लिग फुटबल फागुन ६ गतेबाट सुरु हुने (खेल तालिका समेत)