बागमती प्रदेश स्तरीय लिग सुरु, धादिङ र दोलखा बराबरी

Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन ६, २०७७

धादिङ फागुन ६ । बागमती प्रदेश स्तरीय फुटबल लिग प्रतियोगिता नुवाकोटमा सुरुभएकोछ ।

आज पहिलो दिन भएको दोस्रो खेलमा धादिङ र दोलखाले २-२ गोल गरेका छन् । पहिलो हापमा बराबरी रहेको धादिङ दोलखाको खेल दोस्रो हापमा लागातार २ गोल दोलखाले गरे सँगै धादिङ दवावमा परेको थियो ।

दवावको सामना गर्दै गरेको धादिङले खेलाडी परिवर्तन गर्दै अनमोद भण्डारीलाई मैदान प्रवेस गरे सँगै धादिङ आक्रामक देखियो । फल स्वरुप धादिङका लागि विपिन कडेलले दोलखाको २ गोलका विरुद्ध २ गोल गरी बराबरीमा खेल रोकेका थिए ।अब धादिङको अर्को खेल फागुन ८ गते सिन्धुली र १० गते नुवाकोट सँग हुनेछ ।

आजको पहिलो उद्घाटन खेलमा नुवाकोटले २ गोल गर्दै सिन्धुलीलाई गोल गर्नबाट रोकेको थियो ।

५ लाख पुरस्कार राशीको यस प्रतियोथितामा उप विजेताले साढें २ लाख हात पार्ने छन् भने सेमी फाईनल पुग्ने टिनले ५० हजार पाउने छन् । टिम व्यवस्थापनको लागि खेल अगावै सबै टिमहरुलाई ५० दिएको एन्फाले नुवाकोटले यो प्रतियोगिता आकर्षक पुस्कार राशीको भएको जनाएको छ ।

यस्तो छ, खेल तालिका

  • फागुन ६ गते -नुवाकोट VS सिन्धुली
  • फागुन ६ गते -धादिङ VS दोलखा
  • फागुन ७ गते -काठमाडौं VS काभ्रे
  • फागुन ७ गते -ललितपुर VS सिन्धुपाल्चोक
  • फागुन ८ गते -धादिङ VS सिन्धुली
  • फागुन ८ गते -नुवाकोट VS दोलखा
  • फागुन ९ गते -काभ्रे VS मकवानपुर
  • फागुन ९ गते -चितवन VS ललितपुर
  • फागुन १० गते -नुवाकोट VS धादिङ
  • फागुन १० गते -दोलखा VS सिन्धुली
  • फागुन ११ गते -काठमाडौं VS मकवानपुर
  • फागुन ११ गते -चितवन VS सिन्धुपाल्चोक

यी हुन्, धादिङका लागि खेल्ले धादिङ समाज धादिङका खेलाडीहरु

Coach : Gopikrishna Bhandari
Coach: Dipak Rana
Manager : Kamal Raj Dhungana
Players:

  • Bipin Kandel
  • Ravi Bhandari
  • Sarju Gurung
  • Bimal Tamang
  • Nirmal Gurung
  • Anmol Bhandari
  • Saroj Pandey
  • David Tamang
  • Suroj Gurung
  • Chaturman Tamang
  • Ishwor Tamang
  • Arjun Rokka,
  • Labish Thapa,
  • Tara Magar,
  • Rajesh Bhandari,
  • Urgen Sherpa,
  • Anil Tamang.