धादिङ र मकवानपुर बीच सेमिफाईनल खेल फागुन १२ गते

Avatar photo
नारायण सिलवाल
मङ्लबार, फाल्गुन ११, २०७७

धादिङ फागुन १२ । बागमती प्रदेश लिग स्तरीय फुटबल प्रतियोगितामा नुवाकोटलाई हराउँदै सेमिफाईनल प्रवेस गरेको धादिङको धादिङ समाज धादिङ र मकवानपुर बीच बुधबार दिउँसो १२:१५ बजे सेमिफाईनल खेल हुने भएको छ ।

यस्तै अर्को सेमीफाईनल खेल बुधबार नै ३ बजे काठमाडौं र सिन्धुपाल्चोक बीच हुने भएको छ । यी दुई खेलका विजेताहरु फाईनल प्रवेस गर्ने छन् । नुवाकोटमा बट्टारमा जारी यस प्रतियोगिताको फाईनल खेल फागुन १३ गते हुनेछ ।

सेमिफाईनलमा पुग्न धादिङले सुरुको पहिलो खेल फागुन ६ गते दोलखा सँग बराबरी खेलको थियो । दोस्रो खेल फागुन ८ गते सिन्धुली ४ गोल र फागुन १० गते नुवाकोटलाई १ गोलले हराएको थियो ।

५ लाख पुरस्कार राशीको यस प्रतियोगितामा उप विजेताले साढें २ लाख हात पार्ने छन् भने सेमी फाईनल पुग्ने टिनले ५० हजार पाउने छन् । टिम व्यवस्थापनको लागि खेल अगावै सबै टिमहरुलाई ५० दिएको एन्फाले नुवाकोटले जनाएको छ ।

यी हुन्, धादिङका लागि खेल्ले धादिङ समाज धादिङका खेलाडीहरु

Coach : Gopikrishna Bhandari
Coach: Dipak Rana
Manager : Kamal Raj Dhungana
Players:

Bipin Kandel
Ravi Bhandari
Sarju Gurung
Bimal Tamang
Nirmal Gurung
Anmol Bhandari
Saroj Pandey
David Tamang
Suroj Gurung
Chaturman Tamang
Ishwor Tamang
Arjun Rokka,
Labish Thapa,
Tara Magar,
Rajesh Bhandari,
Urgen Sherpa,
Anil Tamang.

सम्बन्धित समाचारहरु