सुनिता गोम्जो तामाङको पहिलो कोसेली रोइफा रोइम्रिङ बजारमा

Avatar photo
Dhadingpost
शुक्रबार, माघ ३०, २०७७

धादिङ माघ ३० । नव गायिका सुनिता गोम्जो तामाङको पहिलो तामाङ गित रोइफररोइम्रीङ अर्थात अर्काको श्रीमान, श्रीमती बीचको माया प्रेम बारे ब्याङ्ग गरिएको सन्देश र चेतना मुलक गित बजारमा भिडियो सहित आएको छ ।

एम एस फिलिम्सको प्रस्तुति रहेको यस गितमा म्हेन्दोमाया कलाकार संघ धादिङका अध्यक्ष, सन्दिप स्याम्जेन तामाङ र सुनिता गोम्जो तामाङको स्वर रहेको छ । सन्दिप कै शब्द रसंगीत रहेको यसमा संगीत संयोजक सोम फ्युबा (वाङच्युले) गर्नु भएको छ ।

भिडियोमा गायिका स्वयम् सुरज लामा, जमुना तामाङ लगायत बाल कलाकारहरुको अभिनय देख्न सकिन्छ । परिवारिक विषय वस्तु समावेश गरिएको उक्त गितको निर्देशन सुरज लामाले गर्नु भएको छ भने छायांकन मरुभुमीले गर्नु भएको छ । पहिलो प्रेम अर्कैसङ्ग बिहे भएर गए पनि भुल्न नसक्ने तै पनि हस्न बोल्न पाइन्छ, असल साथी बन्न पाइन्छ, अब त केटाकेटी दुबैको छोरा छोरी समेत हुर्किसकेको सम्झनामा मात्रै सिमित रहेको कथा वस्तु रहेको छ ।