लाहुरे कान्छा, बजारमा

Avatar photo
Dhadingpost
मङ्लबार, माघ २७, २०७७

सन्दिप स्याम्चेन,
धादिङ माघ २७ । धादिङ नुवाकोट रसुवा लगायत देश विदेशमा अत्यन्तै चर्चित तामाङ समुदायको मौलिक संस्कृति बोकेको म्हेन्दोमाया गितले पछिल्लो समय फराकिलो बन्दै गहि रहेको छ ।

पछिल्लो समय गायिका शान्ति माम्बा (लुङगि जमे) र गायक बिकास मम्बाको संयुक्त तामाङ गित लाहुरेको कथा वस्तु समाबेश गरिएको (लाहुरे कान्छाको म्युजिक भिडियो) निकै लोक प्रिय बनेको छ । यो म्यूजिक भिडियो केहि दिन अघि ताम्सालिङ टिभी मर्फत सार्वजनिक भएको हो ।

शान्ती मम्बा र बिकास मम्बाको सिमधुर आवाज रहेको छ यस गितको शब्द रचना, एम आर सि तामाङले लेख्नु भएको हो । टिका गुरुङको भाका र संगीत संयोजक निर्देशनमा बनेको उक्त गितको भिडियोको सम्पादक सुराज लामा नृत्य निर्देशन पनि सुराज लामा र सुमि ब्लेन्देनले गर्नु भएको छ ।