धादिङ माघ २० । उत्तरी धादिङको खनीयाबास गाउँपालिका वडा नम्बर ३ कुरीमा माघ १७ गते देखि जारी वडा स्तरीय अन्तर क्लव पुरुष फुटबल प्रतियोगिता क्वाटर फाइनल प्रवेस गरेको छ ।
२८५७ औं सोनाम ल्होछारको अवसरमा ल्याप्चेकुण्डको आन्तरिक पर्यटन प्रवर्धनको लागि कुरी ल्याप्चेकुण्ड संरक्षण समाजले आयोजना गरेको उक्त प्रतियोगितामा १५ वटा टिमले भाग लिएका थिए ।
मंगलबार सम्म आईपुग्दा ८ टिम क्वाटर फाइनल प्रवेस गरेका छन् भने यो प्रतियोगिताको फाइनल माघ २४ गते हुने आयोजक ल्याप्चेकुण्ड संरक्षण समाज अध्यक्ष जलबहादुर तामाङले धादिङपोष्टलाई बताउनु भयो ।
प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार, दितियलाई २० हजार, तृतियलाई १० हजार नगद र साथमा शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्राकृतिक सुन्दरताको बीचमा रहेको सुन्दर बस्ती कुरी गाउँमा खेल मैदानको अभाव छ । जहाँ इच्छा त्यहा उपाए भने झैं स्थानीय युवाहरुले बारीको पाटोमा नै भलिबल होस् या, फुटबल प्रतियोगिता गर्दै आईरहेका छन् । तस्बीरः सुजन तामाङ
यस अघिको समाचार
कुरीमा फुटबल प्रतियोगिता हुने