
धादिङ माघ ८ । धादिङको खनियाबास गाउँपालिका कुरीमा माघ १७ गते देखि कुरी ल्याप्चेकुण्ड संरक्षण समाजले साविककाे वडा स्तरिय अन्तर क्लव फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
२८५७ औं सोनाम ल्होछारको अवसरमा आयोजना ल्याप्चेकुण्डको आन्तरिक पर्यटन प्रवर्धनकाे लागि फुटबल प्रतियोगिता हुन लागेको समाजका अध्यक्ष जलबहादुर तामाङले धादिङपोष्टलाई बताउनु भयो ।
प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार, दितियलाई २० हजार, तृतियलाई १० हजार नगद र साथमा शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिने अध्यक्ष तामाङले बताउनु भयो ।