जिल्ला स्तरीय हस्तलेखन प्रतियोगितामा एड्भान्सकी अश्मिता घले प्रथम

Avatar photo
Lawong Bijay
शुक्रबार, माघ १६, २०७७

धादिङ माघ १६ । प्याब्सन धादिङद्वारा आयोजित आधारभूत तहस्तरीय हस्तलेखन प्रतियोगिता शुक्रबार जगदम्बा बोर्डिङ स्कुल, गजुरी-१, धादिङमा सम्पन्न भएको छ । जसमा एड्भान्स एकेडेमी धादिङबेंसीकी छात्रा अश्मिता घले प्रथम भएकी हुन् ।

१८ वटा विद्यालयहरूबाट ३६ जनाले सहभागिता जनाएको उक्त प्रतियोगितामा दोश्रो स्थान रोजमेरी चाइल्डकेयर बोर्डिङका छात्र सुरेश तामाङले प्राप्त गरेका छन् । तृतीय रोजमेरीकै छात्रा प्रशंसा गुरुङ र ब्राइट फ्युचरकी छात्राजस्मिन कुमारी गुप्ता भएका छन् भने सान्त्वना स्थान चिल्ड्रेनपार्ककी छात्रा रिमिशा गुरुङ र मुनाल एकेडेमीकी छात्रा मोनिका लामाले हाँसिल गरेकी छिन् ।

विद्यालयतर्फ भने रोजमेरी चाइल्डकेयर बोर्डिङ स्कुल प्रथम, ब्राइट फ्युचर ईङ्लिस बोर्डिङ स्कुल दित्तीय र एड्भान्स एकेडेमी तृतीय भएका छन् । सान्त्वना स्थान भने भने मुनाल एकेडेमी र राइजिङ स्टार इङ्लिस बोर्डिङ स्कुलले प्राप्त गरेका छन् ।