हल्लेलुयाह सार्वजनिक

Avatar photo
Dhadingpost
बुधबार, पुस १, २०७७

धादिङ पुस १ । ख्रीस्टियन धर्मलवम्भीहरुको महान पर्व ख्रीस्ट्मस नजिकीदै गर्दा, ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ कोलेमा रहेको अनुग्रह मण्डलीले ख्रीस्टियन गीत सार्वजनिक गरेको छ ।

मण्डलीका अगुवा तथा समाज सेवी पुस्कार तामाङको प्रस्तुतिमा सन्दिप स्याम्चेन तामाङको ख्रीस्ट्मस कोसेली स्वरुप ख्रीस्टियन सङगति प्रशासात्मक जय हल्लेलुयाह भन्ने बोलको गीत सार्वजनिक भएको हो ।

ल्हाप्साङ कर्पो म्युजिक सेन्टर मर्फत सर्वजनिक भएको यस गीतमा लय र शब्द, तामाङ म्हेन्दोमाया, लोक दोहोरी गायक सर्जक सन्दिप स्याम्चेनको रहेको छ ।

स्याम्चेन र नव गायिका प्रविना लोप्चनको सुमधुर आवाज रहेको छ र म्युजिक एरेन्ज राजु खड्काले गर्नु भएको हो, भने बजार व्यवस्थापनमा पुस्कार तामाङले गर्नु भएको छ ।