धादिङका ध्रुव सिंखडा आन्तरिक पर्यटन पुनरुत्थान समिति बागमती प्रदेशको संयोजकमा नियुक्त

Avatar photo
Dhadingpost
बिहिबार, मंसिर २५, २०७७

धादिङ मंसिर २५ । धादिङ जिल्ला गंगाजमुना गाउँपालिका गुम्दी निवासी पर्यटन व्यवसायी ध्रुव सिंखडालाई प्रदेश सरकारको सिफारिसमा पर्यटन बोर्डले बागमती प्रदेशको “आन्तरिक पर्यटन पुनरुत्थान समिति” संयोजकमा नियुक्त गरेको छ ।

कोभिड १९ का कारण सिथिल बनेको पर्यटन व्यवसायलाई सुदृढ तथा पर्यटकिय गन्तव्यको विकासका लागि पर्यटन बोर्डले सिंखडालाई “आन्तरिक पर्यटन पुनरुत्थान समिति” बागमती प्रदेशको संयोजकमा नियुक्त गरेको हो ।

ध्रुव सिंखडा गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ नेपालं) को अध्यक्ष समेत हुनुहुन्छ ।