
यूके । एक ९० वर्षीया महिला यूकेमा देशव्यापी कोरोनाभाइरस विरुद्धको खोप अभियान अन्तर्गत खोप लगाउने पहिलो महिला बनेकी छन् । आगामी साता ९१ वर्ष पुग्ने मार्गारेट कीननले खोपलाई ‘सबैभन्दा राम्रो जन्मदिनको उपहार’ बताएकी छन् ।
उनलाई स्थानीय समय अनुसार ६ बजेर ३१ मिनेटमा फाइजर/बायोएनटेकले विकास गरेको खोप दिइएको थियो। सो खोपको आठ लाख मात्रा आगामी केही सातामा यूकेमा लगाइने योजना छ ।
यो महिनाको अन्त्यसम्ममा यूकेमा ४० लाखलाई खोप लगाइने बताइएको छ । सुरुमा ८० वर्षभन्दा माथिका र केही स्वास्थ्यकर्मीहरूलाई यो खोप दिइने छ । कीननले भनिन्, “म कोभिड-१९ विरुद्धको खोप लगाउने पहिलो व्यक्ति हुन पाउँदा आफूलाई भाग्यमानी सम्झन्छु । मेरो लागि यो सबैभन्दा राम्रो जन्मदिनको उपहार हो । यूके फाइजरको खोपलाई अनुमति दिने पहिलो राष्ट्र भएको बीबीसीले जनाएको छ ।