‘सेम्जोङ टिखाडुङ’ गीत सार्वजनिक

Avatar photo
Dhadingpost
मङ्लबार, मंसिर २३, २०७७

धादिङ मंसिर २३ । धादिङ जिल्ला म्हेन्दोमाया कलाकार संघका अध्यक्ष सन्दिप स्याम्चेनको शब्द संगीत र सदस्य रबिना तामाङ र स्याम्चेन कै अवाजमा ‘सेम्जोङ टिखाडुङ’ गीत सार्वजनिक भएको छ ।

साविक सेम्जोङ गाविसको पर्यटकिय स्थलहरु, वकापोच्चो, डप्जोङ दरबार, ताङ्जा गङ अर्थात डाँडाको वर्णन गरिएको ‘सेम्जोङ टिखाडुङ’ गीत बर्ल्हु म्हेन्दो डिजिटल प्रा.लि. ले सार्वजनिक गरेको हो ।

चाडैं नै उक्त गीतको भिडियो समेत बजारमा ल्याउने गायिका रबिना तामाङले धादिङपोष्टलाई बताउनु भएको छ ।

नेत्रवाती डब्जोङ गाउँपालिकाको सेम्जोङ आसपासमा रहेको पर्यटकिय स्थलहरुको वर्णन गरिएको तामाङ कला साँस्कृतिको छुट्टै पहिचान बोकेको गीत र माया पिराती जोडिएका तामाङ समुदायमा एकदमै चर्चित गित हो, म्हेन्दोमाया ।

धादिङ रसुवा नुवाकोटबाट सुरुभएको म्हेन्दोमाया अहिले देशको विभिन्न ठाउँमा र देश विदेशमा समेत पुगेको छ ।