पत्रकार, पर्यटन व्यवसायीको ३ दिने रुबीभ्याली यात्रा सुरु

Avatar photo
Dhadingpost
सोमवार, मंसिर २२, २०७७

धादिङ मंसिर २२ । गणेश हिमालको काखमा रहेको पर्यटकिय सुन्दरताले भरिएको धादिङको रुबीभ्याली यात्रा सुरु भएको छ ।

मंसीर २२ गते सुरु भएर २४ गते टुँगिने यस रुबीभ्याली यात्रामा पत्रकार, पर्यटन व्यवसायी र टुरिजम बोर्डका प्रतिनीधिहरु सहभागि रहेको छन् ।

गणेश हिमाल पर्यटन बिकास समितीको आयोजना र नेपाल टुरिजम बोर्डको सहयोग र राष्ट्रिय फोटो पत्रकार समुहको समन्वयमा सुरुभएको यस फाम ट्रिप पहिलो दिन आज धादिङको गल्छी, नुवाकोटको विदुर र रसुवाको धुन्चे, स्याफ्रुबेसी र गत्लाङ हुँदै सोमदाङ पुुग्ने छ ।

यो टोली दोस्रो दिन रुबीभ्यालीको महत्वपूर्ण स्थान सोमदाङबाट पाङसाङ पास र तिप्लिङ हुँदै सेर्तुङको चालिस गाउँ पुग्नेछ । सेर्तुङमा स्थानीयहरुले साँझ सास्कृतिक प्रस्तुतिहरु राख्ने छन् ।
तेस्रो दिन मंसीर २४ गते टोली चालिस गाउँबाट बोराङ, झार्लाङ, धादिङबेसी हुँदै काठमाडौं फर्कनेछ ।