लावाङको खानेपानी समस्या अत्य गर्दैछौं -डल्लाकोटी

Avatar photo
Dhadingpost
बुधबार, मंसिर १०, २०७७

धादिङ मंसिर १० । इञ्जिनियर सहित बेनीघाट रोराङ १ स्थित लावाङ पुग्नु भएको गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) ले अब लावाङबासीको खानेपानी समस्या अत्य गर्ने बताउनु भएको छ ।

कोरोना भाईरस संक्रमणबाट मुक्तभए सँगै खानेपानी समस्याले आक्रान्त बनेको लावाङ पुग्नु भएका प्रमुख डल्लाकोटीले तत्काल सर्वे गरि काम अगाडी बनाउने प्रतिवद्धता व्यक्त गर्दै लावाङबासीको खानेपानी समस्या अत्य गरिने बताउनु भएको हो ।

प्रमुख डल्लाकोटीले मंगलबार नै वडा नम्बर १ कोे निमार्णाधिन वडा कार्यालयको भवन र स्वास्थ्य चौकी अनुगमन गर्नुभएको थियो । गाउँपालिकाले तोकेको समय सिमा भित्रै काम सम्पन्न गर्न ठेकेदारलाई निर्देशन समेत दिनु भएको सल्लाहाकार मणिराज गुरुङले बताउनु भयो ।

उक्त अनुगमन टोलिमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण प्रसाद भट्टराई, इञ्जिनियर प्रकाश सिलवाल, खानेपानी संका इञ्जिनियरहरु सहभागिता रहेको थियो ।