धादिङ मंसिर ८ । रुबीभ्याली गाउँपालिका वडा नं. ५ मा काँग्रेस र राप्रपाका दर्जनौं कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेस गरेका छन् ।
नेकपाको रुबीभ्याली गाउँपालिका ५ को वडा कमिटिको घोषणा कार्यक्रमा उनीहरु नेकपामा प्रवेस गरेका हुन् । नव प्रवेसीलाई नेकपा बागमती प्रदेश सचिवालय सदस्य एवम् जिउँदा सहिद रामबहादुर भण्डारीले आईतबार खादा लागाई पार्टी प्रवेस गराउनु भएको हो ।
म्लङे तामाङको सभातित्वमा भएको उक्त वड कमिटि घोषणा तथा सपथ ग्रहण कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका रामबहादुर भण्डारीले जनतामा नेकपा प्रतिको अथाह मायाको उपलब्धी दुई तिहाइको सरकार भएको बताउनु भएको थियो । पार्टी भित्रको अन्तरविरोध बारे धेरै नबोल्नु भएको भण्डारीले पार्टी भित्र सरकारले पार्टी चलाउने कि पार्टीले सरकार भन्ने बहस पैदा भएको बताउनु भएको थियो ।
नेकपा धादिङका नेताहरु रामसिङ तामाङ, जीवन तामाङ, प्रेम तामाङ, मिम्बा तामाङ, आतिथ्यता रहेको उक्त कार्यक्रममा २९ सदस्यीय वडा कमिटि घोषणा गरिएको थियो भने ४७ जना नेका र राप्रपा कार्यकर्ताहरु पार्टी परित्याग गरि नेकपामा प्रवेस गरेका थिए ।