छिमि मम्बाको ‘रुबिभ्याली’ गीत सार्वजनिक

Avatar photo
Dhadingpost
सोमवार, मंसिर ८, २०७७

धादिङ मंसिर ८ । रुबीभ्याली उत्तरी धादिङको एउटा गाउँपालिकाको नाम हो । बहुमुल्य रुबी-ढुङ्गा पाइने स्थान भएकाले साविकको लापा, सेर्तुङ र तिप्लिङ गाविसलाई समेटेर ‘रुवीभ्याली’ नाम राखेर गाउँपालिका बनाइएको हो । यो पर्यटकिय क्षेत्र पनि हो ।

यहि रुबिभ्यालीको पर्यटन प्रवर्द्दन र सम्बर्द्द्नका गर्ने गरि छिमि मम्बाको ‘रुबिभ्याली’ गीत सार्वजनिक भएको छ । छिमि मम्बाको सुरीलो स्वरमा रुबीभ्यालीको वर्णन, यस गीतमा गरिएको छ ।